Posted by: Ramkaji Khadka | November 5, 2009

काठमाडौं संस्कृित

काठमाडौं संस्कृित

हाम्रो काठमाडौं आज मुर्झाएको छ
शहरका हरेक मुल सडकहरु
फोहोर मैलाको डंगुरले विभूषित छन्
शहरका हरेक गल्लीहरु
बन्द र हड्तालले मर्माहत छन्
सडकका रेलीङहरु अनायासै
राजनीतिको दुष्मन भएका छन्
धरहरा आफ्नो पुरातन हासो हास्दैछ 
सभ्य मानव कृयाकलापलाई देखेर
अट्टहास गर्दैछ बेकामको ।

शान्त मन्द मन्द रानी पोखरी 
अशान्त भएको छ चाचल भएको छ
दरवार मार्ग नारा जुलुसको मुहान भएको छ 
घण्टाघर सांच्चै नया नेपाल कहिले बन्ला भनेर
घडी पोला जोडेर बसेको छ
नेपालीको भाग्य फुटाउने खेल देखेर
निराश छ उही बुढो घण्टाघर
निबृत्त जागिरेले जीवनका दिनहरु गिन्ती गरे झैं
समयको गिन्ती अनवरत गर्दैछ
समयलाई चिन्न सबैलाई आव्हान गर्दैछ ।

शिक्षालयहरु व्यापारिक थलो त छदै थिए
अव अपहरण पेशाका उर्वरस्थल पनि बनेका छन्
सम्पन्नहरु विपन्न मुद्रामा अनिश्चित भविष्य सांचेर
आफ्ना सन्तानको सुखद भविष्यको कामना गर्दैछन्
अपराधी रक्तपिपासुहरु मोटाएका छन्
विचार र बन्दकको पौंठेजोरी जारी छ 
क्याम्पसहरु राजनीतिको खेती गर्ने गराहरु झैं
ग्ााउबाट आएका गरीवका छोराहरुको भविष्य 
सििाचत खेतका गराहरु हैन 
भिरालो र जटिल पाखो बारी झैं बनाएर
रांटो हानरे छोडका गराहरु झैं 
अन्धकार तर्फ फेरी धकेिलंदैछ  
गदीहरु कहिदै गर्दा
अर्को गदी पनि कहएको छ 
होनहार बौद्धिक बर्ग पलायन हुदैछ 
पलायन भएकाहरु मुलुकको नाम सम्झदा गर्व गर्दैछन्
तर कता कता परिस्थितिको दास भै 
स्वदेश फर्कन दोमन गर्दैछन् ।

होटल र रेष्टुराहरु जुवाघरमा परिणत भएका छन्
मसाज केन्द्रहरु वेश्यालयमा रुपान्तरण भएका छन्
बैंशहरु छताछल्ल पार्न लालायित गाजल आंखामा
नगरबधहरु दिनदहाडै ग्राहकको खोजीमा  
शहरका व्यस्त चोकहरुमा यत्रतत्र मौलाएका छन् 
उता बाग्मती र बिष्णमतिको किनार तिर
सकम्बासीको लहर बढ्दै जांदा
गरिबी निवारणको नेपाली राष्टिय लक्ष माथि 
फेरी एक पटक उपहास भएको छ ।
मन्दिर परिसरहरु आज गजडीको अखडा बन्दैछन्
दव्यसनीहरु खलेआम समाजलाई चनौती बन्दैछन्
यगल जोडीहरु बगलामखी र मनकामना धाएकै छन्
ईश्वर साम कसम खाई मायाप्रीत गास्नलाई
 
पशपतिमा लडाई चलेकै छ
पजारी छनौटलाई लिएर 
आधनिक कान्तिपरीको हाल यस्तै छ ।
बन्द हड्ताल सबैको संस्कार भएको छ 
व्यापारीहरु कालो बजारीमा व्यस्त छन्
बर्दियातिर सीमा मिचिदा काठमाडौंको मुटु चस्स भएको छ
भावनाहरु मुखरित र कुण्ठित दुवै भएका छन्
निरोका बासुरीहरु जताततै बजेका छन्
अविरल निरन्तर अनि अतल रुपमा
नेताहरुको बाचा सिसिफसको दन्त्य कथा झैं भएको छ 
बुद्धको अपमान भएको छ 
सगरमाथाको शिर झुक्दैछ 
शान्तिको नाममा कलंकहरु अंकुरित भएका छन्
यही भएको छ नया काठमाडौंको हाल
नया काठमाडौंको संस्कार
नया नेपालको संस्कृति ॥

राकासु
 
 
 


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.