Posted by: Ramkaji Khadka | November 5, 2009

असलहरु बीच खराव

गजल
 
असलहरु बीच खराव छान्ने दिन आउनु पर्छ
नसिक्नेलाई सिकाउ भनी छान्ने दिन आउनु पर्छ  

 
समाजलाई अग्रगमन दिई अघि बढ्नु छ 
अक्षमलाई क्षमता तर्फ तान्ने दिन आउनु पर्छ 

नारा हैन व्यवहारमा कायापलट हुनु पर्छ
जनता छल्ने गलत हुन हान्ने दिन आउनु पर्छ  
 
जनताको नाउको भीख चोरी चोरी खानेहरु
चाटुकार गले सबै ठान्ने दिन आउनु पर्छ  
 
घाटा सही व्यक्तिगत परमार्थ रोज्न सिकी
अन्याय हो अधम भनी जान्ने दिन आउनु पर्छ 

राकासु
रचना मितिः १४।१०।२००९
 


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.