Posted by: Ramkaji Khadka | July 4, 2009

पाप आफैं धुरीबाट

गजल
 
पाप आफैं धुरीबाट कराउंछ जरुर
अत्याचारको पोको पनि हराउछ जरुर ।
 
नेपथ्यको खेल संधै टिकाउ कति हुन्छ र
कर्म गुणको फल ईश्वरले भराउंछ जरुर ।
 
अप्राकृतिक सांठगांठ चीर कति हुन्छ र
छदमभेषी अन्याय आफैं डराउंछ जरुर ।
 
ढाकछोप गर्ने ढकनी संधै बन्द कति हुन्छ र 
खुले पछि जीत सबको फर्फराउंछ जरुर ।
 
काईते बातले घाईते पार्ने बठ्याई कति हुन्छ र
झुठको महल सच्चाई सामु डगमगाउंछ जरुर । 
 
# राकासु
 
मितिः २८।०६।२००९ नज्मा, दोहा, कतार
 
 
 

Leave a response

Your response:

Categories