Posted by: Ramkaji Khadka | January 3, 2010

धाएर पनि चुम्न सकिन

गजल

 धाएर पनि चुम्न सकिन तिमीलाई निकै टाढा रहेछौ

आएर पनि घुम्न कठिन तिमीलाई निकै टाढा रहेछौ ं ।

बुभुन सकिन उचाइ अनि गहिराइ कति हो तिम्रो

सुमेरु सरी घुम्न कठिन तिमीलाई निकै टाढा रहेछौ ।

जिबीकाको लडाइ भरी तिरमिर तिरमिर अस्पष्ट

धोएर पनि बुभुन कठिन तिमीलाई निकै टाढा रहेछौ ।

जीवनका उकाली अनि ओह्रालीमा तिमै्र नाम जपेर

खोजेर पनि चिन्न कठिन तिमीलाई निकै टाढा रहेछौं ।

नजीक आउ समीपमा उद्धेश्य तिमी कदापि टाढा नजाउ

जागेर पनि छुन कठिन तिमीलाई निकै टाढा रहेछौ ं।

 

राकासु रचना मितिः ०३।०१।२०१०

Posted by: Ramkaji Khadka | December 10, 2009

सुखमा मात्र त मधुर हांसो

गजल

सुखमा मात्र त मधुर हांसो फुलेकै हुन्छ यहां
धनको सुरमा मनको दियो झुलकै हुन्छ यहां ।
 
यस्तै रैछ पापी दुनिया आडम्बरलाई तक्मा दिने
बिपनाको महल सधै भरी खुलेकै हुन्छ यहां ।
 
लक्ष के हो बुझ्दा बुझ्दै सपनाको मैदान भरी
बालापनमै कुप्रो लाग्ने झुप्रो जीवन डुलेकै हुन्छ यहां ।
 
सुखै सुखको अनन्त खोजीमा भौंतारिदै एक जुनी
एक मुठी सास रहेसम्म दुखीको दिल खुलेकै हुन्छ यहां ।
 
खै के खै के जीवन भन्नु कर्कलाको पानी हो की
दुःख भित्र सुख र सुख भित्र दुःख घुलेकै हुन्छ यहां ।

राकासु १०।१२।२००९

Posted by: Ramkaji Khadka | November 5, 2009

जिजीविषा

जिजीविषा

गरिवी र संघर्षको चिसो सिरेटो 
आज पाखा लागेको छ 
न्यानो मौसमको नुतन हावा 
श्ाुरु भएको छ 
निराशाहरु विस्थापित हुंदै 
आशाले आंकुरा हाल्न थालेको छ
त्यसैले त 
जिजीविषा उम्दो छ ।
 
जीन्दगीको फराकिलो बगैंचा
रंगीचंगी फूलमय हुदैछ 
खडेरी नै खडेरी 
यसमा पर्ने छैन
सदाबहार हरियाली छाउने छ 
चिन्ता र कुण्ठाको गुजुल्टो रहने छैन
हांसो र खुसीको सहवास हुनेछ 
त्यसैले त
जिजीविषा उम्दो छ ।
 
अन्धकारलाई चांदले जितेको छ 
स्वार्थलाई भरोसाले उछिनेको छ 
आलीसान महलहरुलाई
झुपडीले चुनौति दिएको छ 
संघर्षरत जीवन धन्य छ 
लक्ष प्राप्तिले प्रफुल्ल छ 
पुूल झैं हलुका
सगरमाथा झैं गौरवशाली 
त्यसैले त
जिजीविषा उम्दो छ ।

बेतालको तान्डवलाई
सभ्यताको नृत्यले उछिनेको छ 
बेमौसमी बाजाहरु
संग्रहालयमा जाने तरखरमा छन्
पराजित मानसिकताहरुलाई
सान्त्वनाको रुवा मिलेको छ 
ध्वंश र िहंसालाई 
शान्तिले माथ गरेको छ 
त्यसैले त
जिजीविषा उम्दो छ ।

पागल बस्तीहरु
सज्जन तनमनका साथ जागेका छन्
निर्जन गाउंहरुमा 
गाउलेहरु भरिन थालेका छन्
विधवा महिलाहरु आशावान छन्
नियाल्ने दुरबीन बदलिएकोले होला
त्यसैले त
जिजीविषा उम्दो छ ।
 
टुहुरा नानीहरुको
नाङ्गो शरिर बस्त्रमय हुन थालेको छ
पानी विनाका काकाकुलहरु
शीतल पानीको स्वाद पाउन थालेका छन्
काग मात्र होईन 
आज
कोइली बढी गाउन थालेकी छन्
त्यसैले त
जिजीविषा उम्दो छ ।
 
परम्परागत अन्धविश्वासलाई
नवीनताले गांजेको छ 
रुढीवाद इतिहास बनेको छ
प्रविधिले जरा गाडेको छ
चन्द्रमा नजिकै भएको बेला
सगरमाथा मुसक्क हांसेको छ 
पृथ्वी सांगुरो भएको छ
सानो आधुनिक गाउं झैं
त्यसैले त
जिजीविषा उम्दो छ ।
 
दानव प्रबृत्ति क्षयीकृत हुदा
मानवीय प्रबृत्ति हावी भएको छ
बहुलट्ठीपनलाई
बौद्धिकताले चीत् खुआएको छ 
संघर्षको परिणाम ओजस्वी छ
भाइचाराको खात बढेको छ 
शान्ति अज्माउनेहरु
तांती लागेका छन् ठाउंमा
त्यसैले त
जिजीविषा उम्दो छ ।
जिजीविषा मरेको छैन ॥ 

 05/11/2009

Posted by: Ramkaji Khadka | November 5, 2009

काठमाडौं संस्कृित

काठमाडौं संस्कृित

हाम्रो काठमाडौं आज मुर्झाएको छ
शहरका हरेक मुल सडकहरु
फोहोर मैलाको डंगुरले विभूषित छन्
शहरका हरेक गल्लीहरु
बन्द र हड्तालले मर्माहत छन्
सडकका रेलीङहरु अनायासै
राजनीतिको दुष्मन भएका छन्
धरहरा आफ्नो पुरातन हासो हास्दैछ 
सभ्य मानव कृयाकलापलाई देखेर
अट्टहास गर्दैछ बेकामको ।

शान्त मन्द मन्द रानी पोखरी 
अशान्त भएको छ चाचल भएको छ
दरवार मार्ग नारा जुलुसको मुहान भएको छ 
घण्टाघर सांच्चै नया नेपाल कहिले बन्ला भनेर
घडी पोला जोडेर बसेको छ
नेपालीको भाग्य फुटाउने खेल देखेर
निराश छ उही बुढो घण्टाघर
निबृत्त जागिरेले जीवनका दिनहरु गिन्ती गरे झैं
समयको गिन्ती अनवरत गर्दैछ
समयलाई चिन्न सबैलाई आव्हान गर्दैछ ।

शिक्षालयहरु व्यापारिक थलो त छदै थिए
अव अपहरण पेशाका उर्वरस्थल पनि बनेका छन्
सम्पन्नहरु विपन्न मुद्रामा अनिश्चित भविष्य सांचेर
आफ्ना सन्तानको सुखद भविष्यको कामना गर्दैछन्
अपराधी रक्तपिपासुहरु मोटाएका छन्
विचार र बन्दकको पौंठेजोरी जारी छ 
क्याम्पसहरु राजनीतिको खेती गर्ने गराहरु झैं
ग्ााउबाट आएका गरीवका छोराहरुको भविष्य 
सििाचत खेतका गराहरु हैन 
भिरालो र जटिल पाखो बारी झैं बनाएर
रांटो हानरे छोडका गराहरु झैं 
अन्धकार तर्फ फेरी धकेिलंदैछ  
गदीहरु कहिदै गर्दा
अर्को गदी पनि कहएको छ 
होनहार बौद्धिक बर्ग पलायन हुदैछ 
पलायन भएकाहरु मुलुकको नाम सम्झदा गर्व गर्दैछन्
तर कता कता परिस्थितिको दास भै 
स्वदेश फर्कन दोमन गर्दैछन् ।

होटल र रेष्टुराहरु जुवाघरमा परिणत भएका छन्
मसाज केन्द्रहरु वेश्यालयमा रुपान्तरण भएका छन्
बैंशहरु छताछल्ल पार्न लालायित गाजल आंखामा
नगरबधहरु दिनदहाडै ग्राहकको खोजीमा  
शहरका व्यस्त चोकहरुमा यत्रतत्र मौलाएका छन् 
उता बाग्मती र बिष्णमतिको किनार तिर
सकम्बासीको लहर बढ्दै जांदा
गरिबी निवारणको नेपाली राष्टिय लक्ष माथि 
फेरी एक पटक उपहास भएको छ ।
मन्दिर परिसरहरु आज गजडीको अखडा बन्दैछन्
दव्यसनीहरु खलेआम समाजलाई चनौती बन्दैछन्
यगल जोडीहरु बगलामखी र मनकामना धाएकै छन्
ईश्वर साम कसम खाई मायाप्रीत गास्नलाई
 
पशपतिमा लडाई चलेकै छ
पजारी छनौटलाई लिएर 
आधनिक कान्तिपरीको हाल यस्तै छ ।
बन्द हड्ताल सबैको संस्कार भएको छ 
व्यापारीहरु कालो बजारीमा व्यस्त छन्
बर्दियातिर सीमा मिचिदा काठमाडौंको मुटु चस्स भएको छ
भावनाहरु मुखरित र कुण्ठित दुवै भएका छन्
निरोका बासुरीहरु जताततै बजेका छन्
अविरल निरन्तर अनि अतल रुपमा
नेताहरुको बाचा सिसिफसको दन्त्य कथा झैं भएको छ 
बुद्धको अपमान भएको छ 
सगरमाथाको शिर झुक्दैछ 
शान्तिको नाममा कलंकहरु अंकुरित भएका छन्
यही भएको छ नया काठमाडौंको हाल
नया काठमाडौंको संस्कार
नया नेपालको संस्कृति ॥

राकासु
 
 
 

Posted by: Ramkaji Khadka | November 5, 2009

असलहरु बीच खराव

गजल
 
असलहरु बीच खराव छान्ने दिन आउनु पर्छ
नसिक्नेलाई सिकाउ भनी छान्ने दिन आउनु पर्छ  

 
समाजलाई अग्रगमन दिई अघि बढ्नु छ 
अक्षमलाई क्षमता तर्फ तान्ने दिन आउनु पर्छ 

नारा हैन व्यवहारमा कायापलट हुनु पर्छ
जनता छल्ने गलत हुन हान्ने दिन आउनु पर्छ  
 
जनताको नाउको भीख चोरी चोरी खानेहरु
चाटुकार गले सबै ठान्ने दिन आउनु पर्छ  
 
घाटा सही व्यक्तिगत परमार्थ रोज्न सिकी
अन्याय हो अधम भनी जान्ने दिन आउनु पर्छ 

राकासु
रचना मितिः १४।१०।२००९
 

Posted by: Ramkaji Khadka | November 5, 2009

जवानी मै बृद्ध लाग्ने

गजल

जवानी मै बृद्ध लाग्ने कुप्रो जीन्दगी
नियति नै झुठो लाग्ने थुप्रो जीन्दगी ।
 
हराभरा हुदा हुदै खडेरी भै सुक्ने 
आफै भित्र कथा माग्ने थुप्रो जीन्दगी ।
 
मुस्कुराउंछ कहिले आफैं कहिले हुन्छ निराश
सुख दुःखको क्यान्भास टाग्ने थुप्रो जीन्दगी ।

अस्थिपाजर खडा हुन्छ सबै कुरा ढाक्ने
दुःख भित्र सुख जाग्ने थुप्रो जीन्दगी ।
 
जन्मे पछि मर्नै पर्ने आशापुाज कस्तो
प्रतिस्पर्धा गरी  नथांक्ने थुप्रो जीन्दगी ।
 
कमाउंछ पाप पुण्य कर्म गुनको यसले
सिरेटो मै गर्मी भाग्ने थुप्रो जीन्दगी ।

राकासु
रचना मितिः २४।०८।२००९

 

Posted by: Ramkaji Khadka | August 14, 2009

समानताको लडाई

गजल
 
समानताको लडाई लड्ने हातहरु रोकिएछन्
टाकुरामा आफै चढ्ने हातहरु रोकिएछन् ।
 
विवाहको  चिनो तिनको सिन्दुर पोते सजाउदै
कोठाभित्र त्यसै सड्ने हातहरु रोकिएछन् ।
 
चारभित्तामा कजाएर जीवन भरी बन्दी हुन
माजुर छैनन् आफै बढ्ने हातहरु रोकिएछन् ।
 
छमछम पाउजु बजाउदै वरिपरि घुम्न आउने
क्रान्ति गर्न आफैं पढ्ने हातहरु रोकिएछन् ।
 
चौबन्दीको घेरालाई आदर्शको सीमा ठान्दै
परम्परा धान्न खट्ने हातहरु रोकिएछन् ।
राकासु

गजल
 
 
फुल्थिन उनी कांडा बीचको बन भित्र पनि 
झुल्थिन उनी डांडा बीचको बन भित्र पनि ।

बगैंचामा रमाउथिन गमलामा उस्तै
डुल्थिन सधै टाढा बीचको बन भित्र पनि ।
 
जुनकिरी झैं ज्योति छर्दै चारकिल्ला भरी
छाउंथिन कतै खांडा बीचको बन भित्र पनि ।
 
सुवास छर्दै दुनियालाई पछि लाउथिन सधैं
शान्ति हुन्थिन् ठाडा बीचको बन भित्र पनि ।
 
फेरी आउ शान्ति तिमी पदचाप बढाइ
वर्तमान यो छाडा बीचको बन भित्र पनि ।
 
स्वागत गर्छन सबै तिम्रो चांद भइ आउ
मनमुटावको भांडा बीचको बन भित्र पनि ।
 
राकासु

Posted by: Ramkaji Khadka | August 14, 2009

तुलीगांडाको महिमा

लघु कथा 
 
तुलीगांडाको महिमा 
 
हाम्रो गाउंघर तिर केटाकेटी छंदा स्कूल छुट्टी भए पछि र विदाको दिनमा घासं-दाउरा मेलापात गर्नु अर्म-पर्म गर्नु सामान्य ग्रामीण दिनचर्या नै थियो । म विदाको दिनमा प्रायः मेलापात भन्दा पनि गाईबस्तु चराउने तिनीहरुको देखभाल गर्ने गोठालो काम गर्न बढी ईच्छा जाहेर गर्ने गर्दथें । त्यसो भए गाउका अरु दामले साथीहरुसंगै थोत्रो मोजाभित्र थोत्राथाम्रा कपडा हालेर बनाएको भकुण्डो खेल्ने मौका पाईन्थ्यो । एक दिन शनिवार विदाको दिन थियो होला म आमासंगै गाईबस्तु र बाख्राको तांतीलाई धपाउदै आमालाई सहयोग गर्न उत्तीसेको जंगलतिर लागें । उक्त जंगलमा सिमल उत्तिस चिलाउने बांस खयर बकाईनो लगायत विभिन्न जातका रुख विरुवा झाडी तथा बुट्यानहरु थिए तापनि उत्तिसको बाहुल्यता भएकोले होला त्यसलाई उत्तिसे भन्ने गर्दथे गाउंलेहरु । आमासंग कुरा गर्दा गर्दै हामीले थाहै नपाई गाई र बाख्राको हुल उत्तिसे जंगल पसेछन् । त्यहां एक्कासी केही चराहरुको हुलले अचानक कोलाहल मच्चाए । मैले आमालाई सोधें – ूकिन यी चराहरु यसरी कुनै कारण विना नै कोलाहल मच्चाउछन् । मानिस तथा अन्य पशुपंक्षीलाई त यिनले देख्न चाहन्नन् । हिजो पनि म दिउंसो दोपहरमा यहां आउदा यसरी नै चिच्याए । यी चराको जात र नाम के होला  मैले आमालाई जिज्ञासु शैलीमा प्रश्न राखें ।
 
त्यसपछि शुरु भयो आमाको कथा- आमाले तुलीगांडाको महिमा सुनाउनु भयो । वहांले भन्नु   भयो- बाबु यी तुलीगांडा नामका जंगलमा मात्र बस्ने अनि कुखुरा परेवा जस्तो घरमा लगेर पाल्न नमिल्ने र खाद्य अखाद्य बस्तु जे पाए पनि खाने जंगली जातका चराहरु हुन् । भगवान ईन्द्रको पालामा पनि तुलीगांडाहरु शक्तिशाली र अनौठा पंक्षीको रुपमा स्थापित थिए  रे । त्यस समयमा ईन्द्रले पानी पारेनन् भने तुलीगांडाहरुको कोलाहलले ईन्द्रलोकमा खैलाबैला मच्चिन्थ्यो रॆ । उनीहरु ईन्द्रलाई दैत्यहरुसंग मिलेमतो गरी समस्त पृथ्वीबासीलाई ईश्वरले धोखा दिए भनेर त्यसरी चिच्याउने गर्थे रे । आमाले भन्नु भयो- तुलीगांडा न हुन् । कसैले केही काम विगारेको होस् वा सपारेको होस् त्यसले आफूलाई असर गरोस कि नगरोस् त्यसले समग्र पर्यावरणलाई केही फरक परोस कि नपरोस् तुलीगांडालाई त्यसको पर्वाह हुन्न । उसलाई आफ्नो सामु अन्य पशुपंक्षी उभिएको सह््य हुन्न । यो यस्तै हो जातै जम्दार भने जस्तो बाबु । आमाको तर्क थियो । तुलीगाडाले जंगलमा आफ्नो मात्र उपस्थिति चाहन्छ र आफ्नो क्षेत्रभित्र आफ्नै राज्य स्थापना भएको गलत भ्रममा उ रहेको हुन्छ । तर अरु प्राणीहरुले यिनको स्वाभाव बुझेर होला कहिल्यै पनि टेरपुच्छर लगाउदैनन् । त्यसैले ती तुलीगाडाले आफ्नो जात जनाउनका लागि हामी ठूला भै सकेका मानिसलाई देख्दा पनि त्यसरी नै चिच्याउछन् र गाली गर्दछन् अनि तिमीहरु जस्ता केटाकेटीलाई देख्दा पनि त्यसरी नै चिच्याउछन् । तिमी सानो भएकोले तिमी कमजोर छौ भनेर हेपेर तिनीहरु चिच्याएको हैन । यो त उनीहरुको खानदानी शैली हो बाबु । लौ सुन त तिनीहरुको आवाज पनि एक नासको हुन्छ र भाषा पनि एकै नासको हुन्छ । हामी नजिक हुदा पनि त्यसरी नै चिच्याउछन् र टाढा पुगी सक्दा पनि त्यत्तिकै चिच्याउछन् । तिमीले विचार गरयौ छोरा मलाई आमाले प्रश्न गर्नु भो – बुभुयौ छोरा  मैले आमाको प्रश्नमा सकारात्मक जवाफ दिदै बुझेको संकेत गरी मुण्टो हल्लाएं । मैले मनमनै सोचें- हो त यी तुलीगांडाको जातै पो त्यस्तो रहेछ त । यिनीहरु आमालाई त त्यसरी आपुनो भाषामा सत्तोसराप गरेर घिन लाग्दो तरिकाले सताउदा रहेछन् भने मलाई त यिनले छाड्ने कुरै रहेन । फेरी त्यस हुलको नाइके र महानाईके चिच्याए पछि हुल नै सबै चिच्याएर कोलाहल मच्चाउने अजव गजवको संस्कार हुदो रहेछ तुलीगांडाको । हिजोको कोलाहल सुन्दा त ढुंगा टिपेर प्रहार गरी त्यो नाईकेलाई चाहि घाईते बनाई दिउं झैं लाग्याथ्यो ।ू यत्तिकैमा आमाले भन्नु भयो – ूके सोची राखेको बाबु अब त बुझ्यौ नि तुलीगांडाको महिमा । अबदेखि तिमी यता आउदा यिनीहरु चिच्याए भने पनि यो यिनको खानदानी रोग हो भनी चुपचाप लागेर आफ्नो काम गर्नु है छोरा । मलाई आमाले ढाडस िदंदै सम्झाउनु भयो । ूजाउ त बाबु पर गाईले अर्काको बाली खायो । आमाले अह्राउनासाथ म गाई फर्काउन गएं । म गाई फर्काएर आई पुग्दासम्म आमा सोचमग्न हुनुहुन्थ्यो । मेरा पदचापले आमा म तिर ध्यानाकृष्ट हुनु भयो र भन्नु भयो – आई पुग्यौ छोरा । ल अव म मेरो प्यारो छोरोलाई बकुल्लाको रवाफको बारेमा पनि बताउंछु । मेरो टाउको सुम्सुम्याएर ममतामयी स्वाभाव व्यक्त गर्नु भयो आमाले । यति हुदा हुदै सांझ परी सकेछ । गाईबस्तु हर्काएर बाटो लगाए पछि फेरी आमा-छोरा अचम्म मान्दै घर फर्कियौं । अर्को हप्ता बकुल्लाको महिमा सुन्ने कौतुहलता मनभरी सांचेर म पनि आमाको हात समातेर पछि पछि लागें । गाईबस्तु र बाख्राको तांती अघि अघि थियो । 

 
Sammar Khadka

Posted by: Ramkaji Khadka | August 13, 2009

आफ्नै बारी उर्वर हुन्छ

 

गजल

भावर त्यो मरुभूमि आफैंभित्र बल्दा खेरी
ज्ञात हुन्छ जीवनको दीप उस्तै जल्दा खेरी ।
 
लाउने खाने जवानीमा रहर ठूलै पाले पछी
बाबु-नानी बर्षै पिच्छे निरन्तर फल्दा खेरी ।
 
बिछोडलाई हांसी हांसी अंकमाल गर्छन् उनी
दुःख छायो अनायासै आशाको दीप ढल्दा खेरी ।
 
अधुरो भो सपना त्यो स्वर्णिम संसार अज्माउने
आफ्नोपनको डुंगा ख्याउने कार्यक्रममा चल्दा खेरी ।
 
सजाय नै भोग्नु पर् यो कामचोरी गरे पछि 
आफैलाई घाटा भयो तिनको आंखा छल्दा खेरी ।

पाठ सिके परिश्रमको फल मीठो हुन्छ भन्ने 
आफ्नै बारी उर्वर हुन्छ त्यति धेरै मल्दा खेरी ।
 


राकासु
मितिः १० अगष्ट २००९ नज्मा दोहा कतारं
 

Older Posts »

Categories

Follow

Get every new post delivered to your Inbox.